अमेरिकन आइडलको सेटमा केटी पेरी कुर्सीबाट लडेपछि…

वाशिङ्टन । अमेरिकी गायिका एवं अभिनेत्री केटी पेरीले हालै आफ्नो सामाजिक सञ्जालमा आफू कुर्सीबाट लडेको भिडियो सेयर गरेकी छन् । उनको यो भिडियो निकै भाइरल भइरहेको छ । यो भिडियो अमेरिकन आइडलको सेटको हो ।
उनी आइडलको शोको सेटमा मर्मेडको गेटअपमा पुगेकी थिइन् । शोका होस्टले प्रतियोगीहरूको बारेमा बताइरहेका बेला भिडियोमा उनी कुर्सीमा बसेकी थिइन् । त्यसपछि अचानक केटी कुर्सीबाट खसिन् ।
उनको छेउमा बसेका निर्णायकले उनलाई उठाउन खोजेको भिडियोमा देखिन्छ । कार्यक्रमका उद्घोषकले उनलाई उठाएर कुर्सीमा राख्छन् । यो घटनापछि हलमा बसेका सबै जना चर्को स्वरमा हाँसेका थिए ।
Flippin’ your fins you don’t get too far 🧜🏻♀️😅 #americanidol pic.twitter.com/JCYdaAHRnu
— KATY PERRY (@katyperry) May 2, 2022
प्रतिक्रिया