अमेरिकन आइडलको सेटमा केटी पेरी कुर्सीबाट लडेपछि…
वाशिङ्टन । अमेरिकी गायिका एवं अभिनेत्री केटी पेरीले हालै आफ्नो सामाजिक सञ्जालमा आफू कुर्सीबाट लडेको भिडियो सेयर गरेकी छन् । उनको यो भिडियो निकै भाइरल भइरहेको छ । यो भिडियो अमेरिकन आइडलको सेटको हो ।
उनी आइडलको शोको सेटमा मर्मेडको गेटअपमा पुगेकी थिइन् । शोका होस्टले प्रतियोगीहरूको बारेमा बताइरहेका बेला भिडियोमा उनी कुर्सीमा बसेकी थिइन् । त्यसपछि अचानक केटी कुर्सीबाट खसिन् ।
उनको छेउमा बसेका निर्णायकले उनलाई उठाउन खोजेको भिडियोमा देखिन्छ । कार्यक्रमका उद्घोषकले उनलाई उठाएर कुर्सीमा राख्छन् । यो घटनापछि हलमा बसेका सबै जना चर्को स्वरमा हाँसेका थिए ।
Flippin’ your fins you don’t get too far 🧜🏻♀️😅 #americanidol pic.twitter.com/JCYdaAHRnu
— KATY PERRY (@katyperry) May 2, 2022
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया