सत्ता गठबन्धनले काठमाडौंमा आज चुनावीसभा गर्दै

काठमाडौं । पाँच दलीय सत्तागठबन्धनले आज काठमाडौंमा संयुक्त चुनावी आमसभा गर्दैछ । सभा दिउँसो दिउँसो १ बजे काठमाडौंको शान्तिबाटिकामा हुँदैछ ।
सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँ (सवुज)ले जानकारी दिए ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन् । निर्वाचनको तयारीका लागि गठबन्धन दलले बिहीबार चितवनमा आमसभा गरेका थिए ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया