NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मतदान अधिकृतलाई तालिम सुरु

बाँके । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तीनदिने तालिम सुरु गरिएको छ । जिल्लामा १३६ मतदानस्थल र ३७९ मतदान केन्द्र तोकिएको छ ।

सुरक्षाका दृष्टिकोणले ११२ अतिसंवेदनशील र २४ संवदेनशील मतदानस्थलनका रुपमा हेरिएको छ । मतदानस्थल र मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन थालिएको निर्वाचन अधिकारी रमा पन्तले जानकारी दिईन ।

तालिममा कानूनी, व्यावहारिक र सैद्धान्तिक पक्षका साथै मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य एवं अधिकारक्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाबारे जानकारी गराइएको उनले बताइन । मतपेटिका राख्ने ठाउँ, रुजु गर्ने तरिकागायत मतदान कार्यलाई व्यवस्थित गर्ने तरिकाबारेमा समेत सिकाइएको पन्तले उल्लेख गरेकि छिन् ।

तालिमको सहजीकरण मुख्य निर्वाचन कार्यालय, नेपालगञ्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारी, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खड्का, जिल्ला निर्वाचन अधिकारी रमा पन्तलगायतले गरेका छन् ।

एक उप महानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिका रहेको जिल्लामा कूल तीन लाख २९ हजार ४७३ ले मतदानमा भाग लिनेभएका छन् । स्थानीय तह निर्वाचनका लागि जिल्लामा करिब चार हजार सुरक्षाकर्मी दुई हजार कर्मचारी परिचालन हुनेछन् ।