हरेक श्रेणीमा अब अतिरिक्त तह
काठमाडौं । कार्यदलले निजामतीका हरेक श्रेणीमा एउटा अतिरिक्त तह थप्न पनि सुझाव दिएको छ । एउटा श्रेणीमा बसेर पाँच वर्ष सेवा र कार्यानुभव बटुलेका तथा योग्यता पुगेका कर्मचारीलाई त्यही श्रेणीको अतिरिक्त तह बढुवा हुने व्यवस्थाको प्रस्ताव कार्यदलले गरेको छ ।
अतिरिक्त तहमा बढुवा हुने सबैका हकमा कम्तीमा ३५ दिनको सम्बन्धित कार्यरत कार्यक्षेत्र वा सेवा समूहसम्बन्धी तालिम आवश्यक पर्ने कार्यदलको प्रस्ताव रहेको नयाँ पत्रिकाले लेखेको छ ।
यस्तो छ अतिरिक्त तह बढुवासम्बन्धी प्रस्ताव
खरिदार – वरिष्ठ खरिदार (पाँच वर्ष सेवा अवधि पूरा गरेको, आइए/१० जोड दुई वा सोसरह)
नासु – वरिष्ठ नासु (पाँच वर्ष सेवा अवधि पूरा गरेको, स्नातक वा सोसरह)
शाखा अधिकृत – वरिष्ठ शाखा अधिकृत (पाँच वर्ष सेवा अवधि पूरा गरेको, स्नातकोत्तर वा सोसरह)
उपसचिव – वरिष्ठ उपसचिव (पाँच वर्ष सेवा अवधि पूरा गरेको, स्नातकोत्तर वा सोसरह)
सहसचिव – वरिष्ठ सहसचिव (पाँच वर्ष सेवा अवधि पूरा गरेको, स्नातकोत्तर वा सोसरह)
अतिरिक्त सचिव – सचिव (पाँच वर्ष सेवा अवधि पूरा गरेको, स्नातकोत्तर वा सोसरह)
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया