हरेक श्रेणीमा अब अतिरिक्त तह

काठमाडौं । कार्यदलले निजामतीका हरेक श्रेणीमा एउटा अतिरिक्त तह थप्न पनि सुझाव दिएको छ । एउटा श्रेणीमा बसेर पाँच वर्ष सेवा र कार्यानुभव बटुलेका तथा योग्यता पुगेका कर्मचारीलाई त्यही श्रेणीको अतिरिक्त तह बढुवा हुने व्यवस्थाको प्रस्ताव कार्यदलले गरेको छ ।
अतिरिक्त तहमा बढुवा हुने सबैका हकमा कम्तीमा ३५ दिनको सम्बन्धित कार्यरत कार्यक्षेत्र वा सेवा समूहसम्बन्धी तालिम आवश्यक पर्ने कार्यदलको प्रस्ताव रहेको नयाँ पत्रिकाले लेखेको छ ।
यस्तो छ अतिरिक्त तह बढुवासम्बन्धी प्रस्ताव
खरिदार – वरिष्ठ खरिदार (पाँच वर्ष सेवा अवधि पूरा गरेको, आइए/१० जोड दुई वा सोसरह)
नासु – वरिष्ठ नासु (पाँच वर्ष सेवा अवधि पूरा गरेको, स्नातक वा सोसरह)
शाखा अधिकृत – वरिष्ठ शाखा अधिकृत (पाँच वर्ष सेवा अवधि पूरा गरेको, स्नातकोत्तर वा सोसरह)
उपसचिव – वरिष्ठ उपसचिव (पाँच वर्ष सेवा अवधि पूरा गरेको, स्नातकोत्तर वा सोसरह)
सहसचिव – वरिष्ठ सहसचिव (पाँच वर्ष सेवा अवधि पूरा गरेको, स्नातकोत्तर वा सोसरह)
अतिरिक्त सचिव – सचिव (पाँच वर्ष सेवा अवधि पूरा गरेको, स्नातकोत्तर वा सोसरह)
ताजा अपडेट
-
महेश बर्तौला भन्छन् ,गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन आयोग पनि बन्दैन
-
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
-
विपद् कोषमा चार अर्ब ६५ करोड बढी मौज्दात
-
नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त
-
विपक्षीको अडान कायमै : प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेलाई सारियो
प्रतिक्रिया