भान्सामा प्रयोग हुने ग्यासको मूल्य बढ्यो
काठमाडौं । भान्सामा प्रयोग हुने घरेलु ग्यास भारतमा प्रतिसिलिन्डर ५० रुपैयाँले बढेको छ । शनिबारदेखि लागू हुने गरेको ग्यासको मूल्य दिल्लीमा ९ सय ९९.५० भारु पुगेको छ । भारतभर १४.२ केजीको घरेलु ग्यास सिलिन्डरको मूल्य ५० भारुले बढेको हो ।
भारतीय कांग्रेस प्रवक्ता डा शमा मोहम्मदले एलपी ग्यासको मूल्यवृद्धिलाई लिएर सरकारमाथि हमला गर्दै ट्विट गरेकी छन्, ‘१४.२ केजीको घरेलु ग्यास सिलिन्डरको मूल्य ५० रुपैयाँले बढाइएको छ । सिलिन्डरको मूल्य बढेर प्रति सिलिन्डर ९९९.५० पुगेको छ । सन् २०१४ चैतमा यो मूल्य प्रति सिलिन्डर ४१०.५० रुपैयाँ थियो । यस मूल्यमा गरिब र मध्यम वर्गले कसरी सिलिण्डर किन्न सक्ने ?’
सन् २०२२ को मार्चमा पनि सिलिन्डरको मूल्य ५० रुपैयाँले बढेको थियो । तर व्यवसायिक सिलिन्डरको मूल्य भने बढेको छैन । यसअघि मार्च १ मा व्यावसायिक सिलिन्डरको मूल्य १०२ रुपैयाँले बढेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया