NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

भान्सामा प्रयोग हुने ग्यासको मूल्य बढ्यो

काठमाडौं । भान्सामा प्रयोग हुने घरेलु ग्यास भारतमा प्रतिसिलिन्डर ५० रुपैयाँले बढेको छ । शनिबारदेखि लागू हुने गरेको ग्यासको मूल्य दिल्लीमा ९ सय ९९.५० भारु पुगेको छ । भारतभर १४.२ केजीको घरेलु ग्यास सिलिन्डरको मूल्य ५० भारुले बढेको हो ।

भारतीय कांग्रेस प्रवक्ता डा शमा मोहम्मदले एलपी ग्यासको मूल्यवृद्धिलाई लिएर सरकारमाथि हमला गर्दै ट्विट गरेकी छन्, ‘१४.२ केजीको घरेलु ग्यास सिलिन्डरको मूल्य ५० रुपैयाँले बढाइएको छ । सिलिन्डरको मूल्य बढेर प्रति सिलिन्डर ९९९.५० पुगेको छ । सन् २०१४ चैतमा यो मूल्य प्रति सिलिन्डर ४१०.५० रुपैयाँ थियो । यस मूल्यमा गरिब र मध्यम वर्गले कसरी सिलिण्डर किन्न सक्ने ?’

सन् २०२२ को मार्चमा पनि सिलिन्डरको मूल्य ५० रुपैयाँले बढेको थियो । तर व्यवसायिक सिलिन्डरको मूल्य भने बढेको छैन । यसअघि मार्च १ मा व्यावसायिक सिलिन्डरको मूल्य १०२ रुपैयाँले बढेको थियो ।