कृषि तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः विश्वनाथ पौडेल
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले विद्यमान गरिबी न्यूनीकरणका लागि मुलुकमा कृषि तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन्।
नेपाल कृषि अनुसन्धान परिषद्को ३१औँ वार्षिकोत्सव समारोहलाई आइतबार सम्बोधन गर्दै उनले कृषि क्षेत्रमा गरिने लगानीले किसानको आय वृद्धि हुने र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे । कृषि तथा पशुपालन क्षेत्रमा सरकारले गर्ने प्रत्यक्ष लगानीका साथै कृषकमैत्री नीति नियमले कृषक लाभान्वित हुने जनाउँदै उनले समयसापेक्ष यस क्षेत्रमा भइरहेका अध्ययन अनुसन्धानबाट उन्नत बीउबिजन विकास तथा उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए ।
उनले कृषि वैज्ञानिकले अन्तर्राष्ट्रिय तहमा भइरहेका खोज अनुसन्धानको अध्ययन गरी स्वदेशमा थप अनुसन्धान गर्नुपर्ने खाँचो औल्याएका छन् । उपाध्यक्ष पौडेलले वैज्ञानिकलाई सेवा सुविधा वृद्धि गर्नुपर्ने जनाउँदै यस क्षेत्रमा गरिने प्रत्येक लगानीको उपलब्धि कसरी हासिल हुन्छ भन्नेमा गहिरो अनुसन्धान गर्नुपर्नेमा जोड दिए । उनले उक्त समाराेहमा परिषद्बाट प्रकाशित कृतिको विमोचनसमेत गरेका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया