NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

७७ वटै जिल्लाबासीको काठमाडौं महानगरमा सबैलाई सुरक्षा दिन्छु : सिंह

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि सिर्जना सिंहले बुद्धिजीवीहरुसँग सहकार्य गरेर नै काठमाडौं सुधार्ने प्रतिवद्वता व्यक्त गरेकी छन्। काठमाडौंलाई काठमाडौं जस्तो बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी काठमाडौंलाई व्यवस्थापन गर्ने समेत बताइन।

काठमाडौंलाई कला संस्कृतिको संरक्षणमामा लाग्नेसमेत बताइन्। काठमाडौंमा बुद्धिजीवीहरूको भेलालाई सम्बोधन गर्दै आफ्नो आफ्नो पेशा र क्षेत्रका विज्ञहरुको सल्लाहमै काठमाडौंलाई निर्माण गर्ने अभिभारा सम्हाल्नेसमेत सिंहले बताइन्।

‘काठमाडौं महानगरमा शिक्षा, स्वास्थ्य र स्वच्छ सफा काठमाडौंनै प्रमुख एजेन्डा हो’ सिंहले भनिन। मेयर भएकै दिनदेखिनै सवैसँग सहकार्य गरेर आगाडि बढ्ने समेत बताइन्। काठमाडौंको आाफ्नै मौलिकता रहेकोले यो लोप हुनबाट बचाउने र काठमाडौं समृद्धि दिने काम काँधमा आएको सिंहले बताइन्। काठमाडौं पिएलसिंहको कार्यकालमा केही सुधारिए पनि त्यसपछि बनाउनुको सट्टा बिगार्ने काम भएकोसमेत सिंहले बताइन् ।

काठमाडौंमा सुविधासम्पन्न अस्पताल खोलेर महानगरबासीलाई सहुलियतमा स्वास्थ्य सेवा दिने समेत सिंहले घोषणा गरिन। ‘महानगरमा अस्पताल खोलेर दिनदुःखी र जेष्ठ नागरिकलाई निशुल्क उपचार दिने छौ,’ सिंहले भनिन्। महानगरले अस्पताल खोलेपछि सरकारी अस्पतालमा हुने चापसमेत कम हुने र अन्य अस्पतालको सेवा पनि सुधारिने सिंहले बताइन्।

काठमाडौं बनाउनुको विकल्प नरहेको बताउँदै पार्टीले निकालेको घोषणापत्र र संकल्प पत्रलाई हेरेरनै काठमाडौंको विकास गर्ने सिंहले बताइन्। अहिलेको नेतृत्वले फोहोरसमेत व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएको समेत बताइन। ‘हामी काठमाडौंलाई फोहोर हुन दिने छैनौं, विदेशी आउदाँ नाक खुम्च्याउने छैनन, सम्पदाको संरक्षण गर्नेछौँ,’ सिंहले भनिन्।

‘भ्रष्टाचारमुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो,’ सिंहले भनिन्। घरघरबाटै सबैलाई महानगरले सेवा दिने समेत बताइन। सुरक्षित काठमाडौं बनाउने र मध्यरातमा हिड्ने वातावरण बनाउने समेत सिंहले बताइन्। ‘काठमाडौं ७७ जिल्लावासीको महानगर हो, सबैको सुरक्षाको जिम्मा लिन छु’ सिहंले भनिन्। महिला होस् वा पुरुष सबैलाई आत्मनिर्भर बनाउनेनै दायित्व हुनेसमेत सिंहले बताइन्।

३२ वडामा जेष्ठ नागरिक भवन बनाउने पार्क बनाउने तर व्यापारी कम्लेक्स नबनाउने त्यो निजी क्षेत्रले बनाउने बताइन् । महानगरको जग्गा व्यापारिक कम्लेक्स बनाएर सकाउने काम भएको उनको भनाई छ ।

महानगर मेयरका प्रत्यासी सिंहलाई शुभकामना दिदैँ वरिष्ठ कलाकार नीर शाहले सिंहको बारेमा लामो चिन्ता र व्याख्या गरिरहन नपर्ने बताउँदै शेर बहादुर र प्रकाशमानलाई पूर्वराजाले थुन्दा टिफिनमा खाना बोकेर जान पनि प्रतिबन्ध गरिएको बताए।

‘सिंहको पार्टीमा लाग्दा सिंहलाई नजरबन्द गरिएको थियो। उहाँको प्रतिस्पर्धामा उत्रिएका केशव स्थापितलाई राजालेनै मेयर बनाएको छ’ उनले भने । अब यहींबाट को उम्मेदवार राम्रो भन्ने प्रष्ट भएको शाहले बताए। ‘राजासँग सम्बन्ध सुधार्नका लागि बा वादीहरूले स्थापितलाई पठाइएको थियो, यो इतिहास खोजिनु जरुरी छ’ शाहले भने। काठमाडौंमा जित लोकतन्त्रको हुने बताउँदै लोकतन्त्रवादी नहार्नेसमेत ठोकुवा शाहले गरेका छन्।