विजय दिवसमा पुटिनले भने- युक्रेनमा सैन्य कारबाही आवश्यक थियो
काठमाडौं । रुसी राजधानी मस्कोको रेड स्क्वायरमा आफ्नो विजय दिवसको भाषणमा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विशेष सैन्य कारबाही आवश्यक भएको बताएका छन् । उनले रुसले सही समयमा यो निर्णय गरेको बताए ।
पुटिनले यो निर्णयलाई स्वतन्त्र, बलियो र सार्वभौम राष्ट्रका लागि सही निर्णय भनेका छन् । रुसी लडाकुहरूलाई सम्बोधन गर्दै पुटिनले आफूहरू रुसको सुरक्षाका लागि लडिरहेको बताए ।
दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि रूसले गरेको विजयको सम्झनामा रूसमा विजय दिवस मनाइन्छ ।
पुटिनले गत वर्षदेखि अन्य युरोपेली देशहरू र नेटोसँग तनाव उत्पन्न भएको स्वीकार गरे । उनले रुसले युरोपलाई निष्पक्ष समाधान खोज्न अपील गरेको तर युरोपले रुसको कुरा सुन्न नचाहेको बताए ।
पुटिनले भने, ‘युरोपले डोनबासमा कारबाही गर्ने योजना बनाइरहेको थियो र अब रुसको कारबाही त्यहीँ केन्द्रित छन् ।’ रुसका राष्ट्रपतिले भने ‘किएभमा उनीहरूले आणविक हतियार पाउन सक्ने भन्दै थिए र नेटोले हाम्रो नजिक जमिन खोज्न थाले । यो हाम्रो देश र सिमानाका लागि स्पष्ट खतरा बनेकाले सबैले लड्न जरुरी छ ।’
आफ्नो सम्बोधनका क्रममा पुटिनले दोस्रो विश्वयुद्धमा मारिएका, रुसी र डोनबासमा लडिरहेका रुसी सैनिकहरूका लागि दुई मिनेट मौनधारण गर्न अपिल गरेका थिए । आफ्नो सम्बोधनमा पुटिनले पश्चिमी देशहरू रुसको कुरा सुन्न नचाहेको र रुसमाथि हमला गर्न खाेजेकाे बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया