राजस्व छल्ने अन्तरा इन्टरनेशनलविरुद्ध १७ करोड बिगोसहित मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने अन्तरा इन्टरनेशनलविरुद्ध १७ करोड रूपैयाँ बिगो माग दाबीसहित मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा वैशाख २२ गते मुद्दा दायर गरेको जनाइएको छ ।
विभागले कम्पनीका लेखापरीक्षक श्याम सुन्दर यादव र गणेश बहादुर केसीविरूद्ध मुद्दा दायर गरेको हो । यो कम्पनीले राजस्व चुवाहट गर्ने मनाशायले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बिजक खरिद गरी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजश्व छलेको विभागको आरोप छ ।
उक्त कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरेर कम्पनीले भ्याटतर्फ २ करोड ५० लाख र आयकरतर्फ ६ करोड ३ लाख छली गरेको आरोप छ। कम्पनीसँग बिगो रकमसहित जेल सजायसमेत माग गरेर मुद्दा हालिएको छ। विभागले सोही ऐनको दफा २३(३) बमोजिम सजायको माग दाबी गरेको छ ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया