राजस्व छल्ने अन्तरा इन्टरनेशनलविरुद्ध १७ करोड बिगोसहित मुद्दा दायर
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने अन्तरा इन्टरनेशनलविरुद्ध १७ करोड रूपैयाँ बिगो माग दाबीसहित मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा वैशाख २२ गते मुद्दा दायर गरेको जनाइएको छ ।
विभागले कम्पनीका लेखापरीक्षक श्याम सुन्दर यादव र गणेश बहादुर केसीविरूद्ध मुद्दा दायर गरेको हो । यो कम्पनीले राजस्व चुवाहट गर्ने मनाशायले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बिजक खरिद गरी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजश्व छलेको विभागको आरोप छ ।
उक्त कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरेर कम्पनीले भ्याटतर्फ २ करोड ५० लाख र आयकरतर्फ ६ करोड ३ लाख छली गरेको आरोप छ। कम्पनीसँग बिगो रकमसहित जेल सजायसमेत माग गरेर मुद्दा हालिएको छ। विभागले सोही ऐनको दफा २३(३) बमोजिम सजायको माग दाबी गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया