यस्ता छन् भरतपुर महानगरपालिकाका सम्भावित परिदृश्य
काठमाडौं । आगामी वैशाख ३० गते देशभरका ७५३ स्थानीय तहमा नै निर्वाचन हुने भए पनि चितवनको भरतपुर महानगरपालिकामा धेरैको चासो छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी रेनु दाहाल कांग्रेसका स्थानीय नेता कार्यकर्ताको असहमतिबीच गठबन्धनको उम्मेदवार बनाइएपछि यो स्थानीय तहमा सबैको ध्यान खिचिएको हो ।
अघिल्लो निर्वाचनमा मतपत्र च्यातेका कारण बदनाम भरतपुर महानगरपालिकाको सम्भावित परिणामबारे अहिलेदेखि नै विभिन्न अनुमान गर्न थालिएको छ । यहाँको चुनावी नतिजामा केही फ्याक्टरहरूले भूमिका खेल्ने आकलन छ ।
राजनीतिक समीकरणसँगै भरतपुरको निर्वाचनलाई प्रभाव पार्ने एउटा कारण यहाँ बढेको मतदाताको संख्या पनि हो । गएको निर्वाचनमा मतदाता संख्या एक लाख ५० हजार २७४ थियो । यसपटक एक लाख ८५ हजार ७५२ पुगेको छ । पुरुष मतदाताको संख्या ८८ हजार ८८४ र महिलाको संख्या ९६ हजार ८६७ छ ।
भरतपुर क्षेत्रमा अन्यत्रबाट बसाइँ सरेर आउने जनसंख्यासँगै नयाँ पुस्ताले कसले जित्छ भन्ने निर्णय गर्न सक्छन् । अहिले विगतको एमाले टुक्रिएको छ । एमालेबाट विजयी बनेका महानगरपालिकाका ७, ९, १०, १२ र २२ का वडाध्यक्ष एकीकृत समाजवादीमा छन् । यद्यपि, माओवादीका केही नेता एमाले प्रवेश गरेका छन् । रामबहादुर थापा चितवनकै भएकाले समाजवादीमा गएको मतभन्दा माओवादीबाट एमालेमा आएको मत धेरै रहेको एमालेको दाबी छ ।
भरतपुर प्रचण्डको गृहनगर मात्र नभई पूर्वमन्त्री एवं राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको आधार क्षेत्रसमेत हो । भरतपुरको मेघौली क्षेत्रका केही वडामा राप्रपाको मत राम्रै छ । त्यही कारण ०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले चितवन ३ मा प्रचण्डविरुद्ध पाण्डेलाई सहयोग गरेको थियो । राप्रपाबाट ०७४ को निर्वाचनमा मेयरमा उम्मेदवारी दिएका बद्री तिमिल्सिना अहिले माओवादीमा छन् । उनी भूमि आयोग चितवनका अध्यक्ष पनि हुन् । उनले पनि केही मत प्रभावित बनाउन सक्ने आकलन छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया