महिलाको शव फेला
रुकुम (पूर्व) । पुथाउत्तरगङ्गा गाउँपालिका–११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको छ ।
सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जङ्गलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए ।
शव परीक्षणका लागि रुकुम (पूर्व) अस्पताल ल्याइँदैछ ।
शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया