विश्वको सबैभन्दा लामो कलम, उठाउन मात्रै ५ जना चाहिने

काठमाडौं । विश्वको सबैभन्दा ठूलो बलपोइन्ट पेनले गिनिज वल्ड रेकर्डमा कीर्तिमान राखेकाे छ । यो कीर्तिमानको श्रेय भारतका आचार्य मकुनारी श्रीनिवासलाई जान्छ । उनले यस कलममा भारतीय पौराणिक कथाका दृश्यहरू पनि कोरेका छन् ।
यो संसारको सबैभन्दा ठूलो बलपोइन्ट पेन हो । यसकाे ५.५ मिटर अर्थात् १८.५३ फिट लामो र ३७.२३ किलोग्राम तौल रहेको छ । यो एक साधारण बलपोइन्ट पेन भन्दा ३८ गुणा ठूलो छ ।
गिनिज वल्ड रेकर्ड्सले पनि आफ्नो इन्स्टाग्राम पेजमा यो पेनको भिडियो सेयर गरेको छ ।
यो कलम सन् २०११ अप्रिल २४ मा दक्षिण भारतको हैदराबादमा सार्वजनिक गरिएको थियो । विश्वमा सबैभन्दा पहिला बलपोइन्ट कलम लेडिस्लाव जोस बिरोले आविष्कार गरेका हुन् ।
कीर्तिमानको अवसरमा बोल्दै कलमका निर्माता आचार्यले भने, ‘म सानै छँदा मेरी आमाले लेख्नको लागि कलम दिनुहुन्थ्यो । एक दिन म संसारको सबैभन्दा विचित्र कलम डिजाइन गर्नेछु भनेर कल्पना गर्न म त्यो कलम प्रयोग गर्थे ।’
कलमको विशेषता बताउँदै आचार्यले तामाबाट बनेको कलममा ९ प्रकारका भारतीय नृत्य तथा वाद्य यन्त्र कुँदिएको बताए ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया