NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बुधबार बिहान १० बजेर १८ मिनेटमा ५।३ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा महसुस गरिएको छ । भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ । यसअघि यही वैशाख ६ गते पनि सूदूरपश्चिमकै सैनपसेला केन्द्रविन्दु भएर ४।१ रेक्टर स्केलको भूकम्प गएको थियो ।