हिरासतबाटै प्रधानमन्त्री र गृहमन्त्रीलाई फोन गरेपछि छुटे धर्मेन्द्र
काठमाडौं । बुटबलमा भएको विस्फोट र चुनाव बहिष्कारसम्बन्धी विषयमा संग्लग्नताको आशंकामा पक्राउ परेका नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोला छुटेका छन् ।
दाङको भालुवाङबाट आज बिहान पक्राउ परेका बाँस्तोलालाई सोधपुछपछि छोडिएको उनीनिकट स्रोतले जनाएको छ ।
नेता बाँस्तोलाले सोधपुछका क्रममा आफ्नो पार्टीले स्थानीय चुनाव विथोल्ने खालका क्रियाकलाप नगर्ने प्रतिबद्धता जनाएपछि छोडिएको हो ।
स्रोतका अनुसार नेता बाँस्तोलाले हिरासतबाटै प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग फोनमा कुरा गरेका थिए । त्यसपछि लचिलो भएर प्रहरीले छोडेको बताइएको छ ।
यसैबीच, नेता बाँस्तोला पक्राउ परेलगत्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट अलग भएर बनेको नेकपा (बहुमत) ले स्थानीय तह निर्वाचन बहिस्कार गर्ने पार्टीको कुनै नीति नरहेको प्रष्ट पारेको थियो ।
नेता बाँस्तोला दाङमा पक्राउ परेको केही बेरपछि विज्ञप्ति जारी गर्दै सो पार्टीले निर्वाचन बहिस्कार गर्ने कुनै नीति नरहेको प्रष्ट पारेको हो ।
निर्वाचन बहिस्कार गर्ने नीति छैन : नेकपा (बहुमत) – NepalWatch
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया