रनिल विक्रमासिंघे श्रीलंकाको नयाँ प्रधानमन्त्री हुन सक्ने
कोलम्बो । श्रीलंकालाई हाल परिरहेको डरलाग्दो आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजपाक्षेले बिहीबार नयाँ प्रधानमन्त्रीको नाम तय गरेका छन् । पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंघे २२५ सदस्यीय संसदमा क्रसपार्टी समर्थनमा एकता सरकारको नेतृत्व गर्न अग्रपंक्तिमा रहेको बताइएको छ ।
उनलाई आजै सपथ गराइने सम्भावना रहेको राष्ट्रपतिका वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । राष्ट्रव्यापी विरोध प्रदर्शनको सामना गर्न राष्ट्रपतिले बुधबार राती राष्ट्रको नाममा टेलिभिजनमा सम्बोधन गरेका छन् ।
‘म संसदमा बहुमत र जनताको विश्वास जित्ने प्रधानमन्त्रीको नाम घोषणा गर्नेछु’ टेलिभिजन सम्बोधनमा राजपाक्षेले भनेका थिए ।
दुई करोड २० लाख जनसंख्या भएको यस देशमा खाद्यान्न, इन्धन र औषधि चर्को अभाव र विद्युतमा स्वतन्त्रताको कारण आर्थिक संकटमा फसेको थियो । महिन्दा राजपाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनका समर्थकहरूले सरकार विरोधी समर्थकहरूलाई आक्रमण गरेलगत्तै कोलम्बोमा दंगा फैलिएको थियो ।
केही दिन जारी रहेको यस हिंसामा कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य २०० भन्दा बढी घाइते भएका थिए । राजपाक्षेका समर्थकहरुले घरहरूमा आगो लगाएका थिए ।
ताजा अपडेट
-
जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व संकलन
-
लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौं : अर्थमन्त्री पुन
-
बागलुङका एक लाख ३१ हजार पशुलाई खोप लगाइयो
-
संस्थागत विद्यालयलाई शुल्कसम्बन्धी मापदण्ड पालना गराइँदै
-
लगानी सम्मेलन : रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो
प्रतिक्रिया