नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी बिक्री खुला
काठमाडाैं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आजबाट ७९ हजार ८७३ कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँको दरले सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
यसमा असार १ गतेभित्र बिक्री प्रबन्धक एनआईबीएल एस लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया