स्पेनले महिनाको तीन दिन महिनावारी बिदा दिने
एजेन्सी । यूरोपियन मुलुक स्पेनले महिलाहरूलाई महिनाको तीन दिन महिनावारी बिदा दिने भएको छ । महिनावारीको समयमा अत्याधिक पीडा भएको खण्डमा महिलाहरूले महिनाको तीन दिनसम्म बिदा लिन पाउने व्यवस्था गरिएको हो ।
योसँगै पश्चिमी मुलुकमा महिनाको तीन दिन महिनावारी बिदा दिने स्पेन पहिलो मुलुक हुन सक्ने जनाइएको छ । विश्वमा केही मुलुकहरूमा मात्रै महिनावारी बिदा दिने प्रचलन छ । राष्ट्रियस्तरमा महिनावारी बिदा दिनेमध्ये जापान, दक्षिण कोरिया, इन्डोनेसिया र जाम्बिया पर्छन् । अमेरिकामा केही कम्पनीहरूले महिनावारी बिदा दिने गर्छन् ।
छिमेकी मुलुक भारतका पनि केही कम्पनीले आफूखुशी महिनावारी बिदा दिने गरेको पाइन्छ । महिनावारी बिदाबारे पनि विवाद रहँदै आएको छ । केही महिलाहरुले यो आवश्यक भएको बताउँदै आएका छन् भने केहीले यसले भविष्यमा झनै भेदभावलाई बढावा दिने बताउँछन् ।
दी स्पेनिस गाइनेकोलोजी एण्ड ओब्स्टेट्रिक्स सोसाइटीले जनाएअनुसार त्यहाँ महिनावारी हुनेमध्ये एक तिहाइ महिला महिनावारीको समयमा अत्याधिक पीडामा गुज्रिन्छन् । यसलाई मेडिकल भाषामा डिस्मेनोरिया भनिन्छ । यस्तो अवस्थामा महिलाहरुलाई तल्लो पेट अत्याधिक दुख्ने, टाउको दुख्ने, पखाला लाग्ने र ज्वरो आउनेजस्ता लक्षण देखा पर्छन् । यो समस्या हुने महिलालाई महिनावारी हुनुभन्दा अघि पनि अत्याधिक पेट दुख्ने समस्या हुन्छ ।
स्पेनमा पिछडिएका महिलाका लागि सेनिटरी प्याड, टेम्पोन्स निशुल्क दिइन्छ भने त्यहाँका महिलाहरुले पनि लामो समयदेखि महिनावारीका सामाग्रीमा कर छुट गर्न माग गर्दै आएका छन् । यो माग पनि सम्बोधनको क्रममा रहेको बताइन्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया