प्राइम, युनियन र गुँरासबीच मर्जरका लागि सम्झौता
काठमाडाैं । प्राइम लाइफ, युनियन लाइफ र गुँरास लाइफ इन्स्योरेन्सबीच मर्जरको लागि सम्झौता भएको छ । बिहीबार यी तीन कम्पनीबीच मर्जरका लागि सम्झौता भएको हो ।
बीमा समितिले चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याएपछि यी तीन कम्पनी मर्जरमा जान लागेको हो । तीन वटै बीमा कम्पनी गाभिएपछि १:१ अनुपातमा गाभिए भने कुल चुक्तापुँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार रुपैयाँ पुग्ने छ ।
चालु आवको चैत मसान्तसम्म प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ रहेको छ । यस्तै युनियन लाइफको २ अर्ब १५ करोड र गुँरास लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ ।
चालु आवको तेस्रो त्रैमासमा आइपुग्दा प्राइम लाइफ इन्स्योरेन्सको नाफा १८ करोड ९५ लाख ४३ हजार रुपैयाँ रहेको छ । नौ महिनाको अवधिमा कम्पनीको जीवन बीमा कोषमा १७ अर्ब ६३ करोड ११ लाख ३७ हजार रूपैयाँ रहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया