गाँजासहित एक युवक पक्राउ

काठमाडौ । प्रहरीले १३ किलो ९ सय ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही, मलंगवा नगरपालिका ८ बस्ने १९ वर्षीय रुस्तम कुमार यादव रहेका छन् ।
प्रहरीले यादवलाई जाँच गर्ने क्रममा गाँजासहित फेला पारी बुधबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया