अर्थमन्त्री शर्माले रूकुम पश्चिमको मुसिकोटमा गरे मतदान
काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले स्थानीय तह निर्वाचनअन्तर्गत मतदान गरेका छन् ।
आज बिहान ७ बजे रुकुम पश्चिमको मुसिकोट नगरपालिका(-५, सेरीगाउँस्थित यमुनानन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
स्थानीय तह निर्वाचनमा देशभर १ लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन् । मतदाताले मत जाहेर गरेर यिनैमध्येबाट जनप्रतिनिधि चयन गर्नेछन् ।
यस पटक कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । निर्वाचनका लागि दश हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन्।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया