अर्थमन्त्री शर्माले रूकुम पश्चिमको मुसिकोटमा गरे मतदान

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले स्थानीय तह निर्वाचनअन्तर्गत मतदान गरेका छन् ।
आज बिहान ७ बजे रुकुम पश्चिमको मुसिकोट नगरपालिका(-५, सेरीगाउँस्थित यमुनानन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
स्थानीय तह निर्वाचनमा देशभर १ लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन् । मतदाताले मत जाहेर गरेर यिनैमध्येबाट जनप्रतिनिधि चयन गर्नेछन् ।
यस पटक कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । निर्वाचनका लागि दश हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन्।
ताजा अपडेट
-
सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल
-
बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई कांग्रेसको ह्विप जारी
-
आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी
-
प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण
-
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
प्रतिक्रिया