अफगानिस्तानका महिला डाक्टर र नर्स बुर्कामा अस्पताल, पारिश्रमिक दिँदैन तालिबान
काबुल । अफगानिस्तानको तालिबान सरकारले हालै एक आदेश जारी गर्दै सबै महिलाले बुर्का लगाउन अनिवार्य गरेको छ । सरकारी जागिरमा केही महिला मात्रै कार्यरत छन् ।
निजीमा महिलाहरू नगण्य छन्, तर प्रसूति अस्पतालहरूमा काम गर्ने महिला डाक्टर र नर्सहरूलाई तालिबान सरकारले तलब पनि दिएको छैन ।
यति हुँदाहुँदै पनि उनीहरु आफ्नो कामबाट पछि हटेका छैनन् । महिनौंसम्म उनीहरुले विना तलब काम गरिरहेका छन् । अस्पतालमा काम गर्ने सबै महिला कर्मचारी बुर्का लगाएर घरबाट बाहिर निस्किन्छन् ।
ठाउँ-ठाउँमा तालिबानी प्रहरीले उनीहरुले बुर्का राम्ररी लगाएका छन् कि छैनन् भनेर जाँच गर्छन् । त्यहाँ एउटै सरकारी अस्पतालमा दैनिक एक सयभन्दा बढी बच्चा जन्मिन्छन् तर यति ठूलो संख्यामा भए पनि तालिबान सरकारले कुनै औषधि वा सर्जिकल उपकरण उपलब्ध नगरेको त्यहाँ काम गर्ने महिला चिकित्सक बताउँछन् ।
प्रसूति अस्पतालमा राति अबेरसम्म बस्नका लागि तालिबान सरकारले पनि कुनै सुरक्षा व्यवस्था पनि गरेको छैन । तालिबानले सत्ता कब्जामा लिएपछि धेरै महिला डाक्टर र नर्सहरूले अफगानिस्तान छोडेर अमेरिका, क्यानडा र अन्य पश्चिमी देश पुगेका छन् । यसैबीच, यस वर्षको जनवरीदेखि अन्तर्राष्ट्रिय रेडक्रसले अफगानिस्तानका महिला चिकित्सक र नर्सहरूलाई तलब र अन्य भत्ता दिन थालेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया