NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

स्थानीय सरकारका प्रतिनिधि जनताको सेवक बन्नुपर्छ : श्रममन्त्री श्रेष्ठ

दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्थानीय तह निर्वाचनअन्तर्गत आज मतदान गरेका छन् । उनले तनहुँको व्यास नगरपालिका-४ स्थित मदर्सा आधारभूत विद्यालय मतदानस्थलमा मतदान गरेका हुन्।

मतदान गरेपछि मन्त्री श्रेष्ठले स्थानीय सरकारका प्रतिनिधि जनताको सेवक बन्नुपर्नेमा जोड दिए । जनप्रतिनिधि प्रशासक नभइ जनताको सेवकको रुपमा रहनुपर्ने उनको भनाइ थियो ।

सबैभन्दा तल्लो तहको सरकार भएकाले सिहंदरबार गाउँ-गाउँमा भन्ने नारालाई यथार्थमा उर्तानका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने मन्त्री श्रेष्ठले बताए। विगत पाँच वर्षको स्थानीय तहको कार्यकाल केही कमजोरीबाहेक सुखद रहेको उनले उल्लेख गरे ।

आजको महत्वपूर्ण दिनमा उत्साहपूर्ण रुपमा मतदानमा सहभागी हुन मन्त्री श्रेष्ठले आम जनतालाई आग्रह गरेका छन् ।