चिलीमा गोली प्रहारबाट पत्रकार मारिइन्
सान्टियागो । चिलीको राजधानी सान्टियागोमा मे दिवसको क्रममा भएको विरोध प्रदर्शनको समयमा भएको गोली प्रहारको कारण एक पत्रकार मारिएका बिहीबार अस्पतालका अधिकारीले जानकारी दिएका छन् ।
गोली प्रहारमा परी तीस वर्षीया फ्रान्सिस्का स्यान्डोभलको मृत्यु भएको हाे । मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित युनियनको प्रदर्शनका क्रममा भएको हिंसात्मक झडपमा स्यान्डोभलको टाउकोमा गोली लागेको थियो । गोली लागेर अन्य दुईजना घाइते भएका थिए ।
उनको उपचार गरिएको अस्पतालको सघन हेरचाहका प्रमुख डेनियल रोड्रिगेजले स्यान्डोभलको गोली प्रहार पछि मस्तिष्कमा भएकाे रक्तस्रावका कारण मृत्यु भएको एक विज्ञप्तिमाार्फत बताएका छन् ।
गत साता गोली प्रहार गर्ने तीन जना अभियुक्त पक्राउ परेका थिए र स्यान्डोभललाई गोली हानेको शंकास्पद व्यक्तिलाई हत्या र अवैध हतियार राखेको अभियोगमा पूर्व परीक्षण हिरासतमा राखिएको थियो ।
वामपन्थी राष्ट्रपति गेब्रियल बोरिकले बिहीबार दिउँसो एक ट्वीटमा स्यान्डोभलको परिवारप्रति संवेदना व्यक्त गर्दै अपराधको लागि ‘दण्डबाट मुक्त हुन नदिने’ वाचा गरेका छन् । स्यान्डोभलको मृत्युको खबर आएलगत्तै राजधानीमा मैनबत्ती र पत्रकारको तस्बिर राखेर विभिन्न कार्यक्रमहरु भएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया