NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

रौतहटको बौदिमाई नगरपालिकामा मतपेटिका जलाइयो

काठमाडौं । रौतहटस्थित बौदिमाई नगरपालिकामा झडप हुँदा तीनवटा मतपेटिका जलाइएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीका अनुसार जनता समाजवादी पार्टी (जसपा) र एमालेबीच झडप हुँदा तीन वटा मतपेटिकामा आगजनी भएको हो ।

घटना वडा नंबर २ स्थित इनरवा टोलमा घटेको हो । स्थिति तनावग्रस्त भएपछि हाल छलफल चलिरहेको शाहीले जानकारी दिए ।