गोविन्दराज जोशीका छोरा कुटिएकाे व्यासमा पुनः मतदान हुने
काठमाडौं । तनहुँको व्यास नगरपालिका–८ स्थित दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार गरिएको मतदान प्रक्रिया रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको हो ।
मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जेठ ४ गते दुईवटा मतदान केन्द्रमा पुनः मतदान गरिने जानकारी दिए । उक्त मतदान केन्द्रमा पुनः मतदान भएपछि मात्रै व्यास नगरपालिकाको मतगणना कार्य अगाडि बढाउने आयोगले निर्णय गरेको छ ।
गाविस भवन फेदी मतदान केन्द्रमा व्यास नगरपालिकाका प्रमुखका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीका छोरासमेत रहेका दीपकराज जोशीमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते जोशीको हाल काठमाडौँस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया