पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य सरकारले फेरि बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको शनिबारको बैठकले पेट्रोलिय पदार्थको मूल्यमा भारी वृद्धि गर्ने निर्णय लिएको हो ।
निगमका अनुसार, डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर समान १०–१० रूपैयाँ वृद्धि गरिएको छ । यसअघि वृद्धि गरिएको खाना पकाउने एलपी ग्यासको मूल्य भने यसपटक समायोजन गरिएको छैन ।
योसँगै उपभोक्ताले अब पेट्रोलमा प्रतिलिटर १७० र डिजेल–मट्टितेलमा समान १५३ रुपैयाँ तिर्नुपर्ने भएको छ ।
नयाँ मूल्य आजै राति १२ बजेबाट लागू हुनेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया