NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

धुलिखेलमा अशोक व्यञ्जुले लिए अग्रता

काठमाडौं । धुलिखेल नगरपालिकामा नेकपा एमालेका अशोक व्यञ्जु एक हजार ७१७ मतसहित अग्रता स्थानमा रहेका छन् ।

पछिल्लो मतगणना अनुसार ब्याञ्जुले स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेतलाई पछि पार्दै अग्रता लिएका हुन् । उनका निकटतम प्रतिस्पर्धी बस्नेतले एक हजार ४०७ मत पाएका छन् । धुलिखेलका पूर्वमेयरसमेत रहेका व्यञ्जुकार शनिबाररातिसम्म दोस्रो स्थानमा रहेका थिए ।