चेक क्लियरिङ प्रणाली र अन्तरबैंक भुक्तानी प्रणालीका कारोबार समय फेरबदल

काठमाडाैं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)को विद्युतीय चेक क्लियरिङ प्रणाली र अन्तरबैंक भुक्तानी प्रणालीका कारोबार र समय सीमा परिवर्तन भएको छ । नेपाल राष्ट्र बैंकले हालै आरटीजीएसको समय सीमा थप गरेपछि एनसीएचएल-ईसीसी र एनसीएचएल-आईपीएस प्रणालीको कारोबार समय सीमामा परिवर्तन एनसिएचएल जनाएको छ ।
एनसिएचएलका अनुसार शनिबार र आइतबार हुने सार्वजनिक बिदालाइसमेत मध्यनजर गरी, उक्त प्रणालीहरु शुक्रबारसमेत पूर्ण रुपमा सञ्चालनमा रहने गरी समय संशोधन तथा थप नयाँ सत्रहरुको व्यवस्था गरिएको छ । परिवर्तन गरिएको समय आउँदो मंगलबारदेखि लागू हुने छ ।
उक्त व्यवस्था अनुसार एनसीएचएल-ईसीसी प्रणालीको रेगुलर सत्रमा दिउँसो ३ बजे सम्म र एक्सप्रेस सत्रमा दिउँसो ४ बजे सम्म पेश हुन आएमा चेकहरु सोही दिनमा नै राफसाफ भई अन्तिम सेटलमेन्ट ५:१५ पछि हुने व्यवस्था गरिएको छ ।
हरेक २/२ घण्टा भित्र चेकको राफसाफ गर्न मिल्ने एक्स्प्रेस क्लियरिङ दिउँसो ४ बजेसम्म चेक पेश गर्न मिल्ने गरी जम्मा ४ वटा एक्स्प्रेस क्लियरिङ सत्रहरु सञ्चालनमा रहने व्यवस्था गरिएको छ । त्यस्तै २०।३० करोडसम्मको चेक राफसाफको लागि हाई भ्यालू चेक क्लियरिङको सत्र पनि थप गरी दिउसो ३ बजे सम्म चेक पेश गर्न मिल्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी एनसीएचएल-ईपीएस प्रणालीमा साँझको ५ बजे सम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा टी प्लस ओ मा नै राफसाफ हुने व्यवस्था गरिएको छ । साथै बिहान ९ बजेदेखि ५ बजे सम्म प्राप्त भुक्तानी आदेशहरु हरेक २र२ घण्टामा नै राफसाफ हुने गरी छोटो अवधिका सत्रहरु पनि थप गरिएका छन् ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया