NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

भरतपुर अपडेट : एमालेले राप्रपाबाट मत लियो तर दिएन

भरतपुर । स्थानीय तहको चुनावी परिणामले मत परिणाम मात्रै दिइरहेको छैन । दलहरुवीचको धोकाधडीको तस्वीर पनि दिइरहेको छ ।

सबैभन्दा चर्चाको केन्द्र बनेको भरतपुर महानगरको मत परिणामलाई हेरौँ । भरतपुर महानगरको मेयर पदलाई सत्ता गठबन्धन र एमालेले प्रतिष्ठाका विषय बनाए ।

सत्ता गठबन्धन जसरी पनि माओवादी केन्द्रका उम्मेदवार रेणु दाहाललाई जिताएर गठबन्धनलाई थप अघि बढाउन चाहन्थ्यो । नेकपा एमाले भने गठबन्धनलाई जितेर विजयी भाव प्रदर्शन गर्न आतुर थियो । दुवै पक्षको चाहना अहिले मतपेटिकाभित्र छ । त्यसबाट परिणामले एउटा पक्षलाई निरास बनाउँदैछ ।

एमाले गठबन्धनका उम्मेदवारलाई हराएर देशभर पार्टीको मनोवल बढाउन चाहन्थ्यो । महानगरको उपमेयर राप्रपालाई दिएर एमालेले गठबन्धनलाई चुनौती दियो । एक्ला एक्लै लड्दा भरतपुरमा एमाले बलियो छ ।

सत्ता गठबन्धनका पाँच दलविरुद्ध एमाले र राप्रपावीच चितवनमा मोर्चाबन्दी भयो । तर अप्ठ्यारोमा साथ दिएको राप्रपालाई एमालेले मतदानका क्रममा भने भरतपुरमा धोका दिएको छ ।

कसरी ?

प्रारम्भिक मत गणना परिणाममा एमालेका मेयरका उम्मेदवार विजयी सुवेदी गठबन्धनका उम्मेदवार रेणु दाहाललाई पक्ष्याइरहेका छन् । तर दाहालले मतान्तर बढाउँदै लगेकी छिन् ।

यता एमालेबाट मेयरका उम्मेदवार सुवेदीले आफ्नै प्यानलका उपमेयरका उम्मेदवारसँगको मत अन्तर पनि बढाइरहेका छन् । सुवेदीले १०८७ मत प्राप्त गर्दा राप्रपाका उपमेयरका उम्मेदवार हिमला गुरुङले ८ सय ७७ मत पाएकी छिन् ।

यो तथ्यांकले के देखाउँछ भने, एक हजार मतदातामा कम्तीमा २ सय एमालेका कार्यकर्ता तथा मतदाताले राप्रपालाई मत दिएनन् । तर राप्रपाका हरेक मतदाताले एमालेलाई मत दिए ।

अहिलेसम्मको मत परिणाममा सत्ता गठबन्धनभित्र पनि मतक्रस भएको देखिन्छ । तर त्यो अंक न्यून हो । सत्ता गठबन्धनवीच करिब एक सय मतअन्तर छ ।

कांग्रेसबाट मेयरमा बागी उम्मेदवार उठेकाले कांग्रेसको मत क्रस हुन स्वभाविक नै हो । तर एमालेका कार्यकर्ताले भने सत्ता गठबन्धन विरुद्ध साथ दिएको राप्रपालाई असहयोग गरेका देखिन्छ ।