सुनको मुल्य १३०० रुपैयाँले घट्यो
काठमाडौं । साताको पहिलो दिन सुनको मुल्य एक हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ९६ हजार ५०० मा कारोबार भइरहेको छ ।
गत बिहीबार सुन प्रतितोला ९७ हजार आठ सयले कारोबार भएको थियो । त्यस्तै आइतबार तेजाबी सुन प्रतितोला ९६ हजार रूपैयाँमा कारोबार भइरहदा बिहीबारको लागि ९७ हजार ३ सय रूपैयाँ कायम भएको थियो ।
आइतबार चाँदी १० रुपैयाँले घटेर एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार चाँदी एक हजार २५० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया