म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी
दमौली । तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।
गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ ७१८ मतान्तरले विजयी भएका छन् । श्रेष्ठले चार हजार ९५० मत प्राप्त गरेको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिए ।
प्रतिस्पर्धी कांग्रेसकी मायादेवी रानाले चार हजार २३२ मत प्राप्त गरेकी छिन् । उपाध्यक्षमा कांग्रेसका बालकृष्ण घिमिरे पाँच हजार ३९ मत प्राप्त गरी विजय भएका छन् । प्रतिस्पर्धी एमालेका रत्नादेवी घिमिरेले चार हजार २०० मत प्राप्त गरीन् । घिमिरे दोस्रो कार्यकालका लागि उपाध्यक्षमा दोहोरिएकी हुन् ।
गाउँपालिकामा कूल १८ हजार १०५ मतदाता रहेकामा ११ हजार ९४३ मत खसेको थियो । वि.स २०७४ सालको निर्वाचनमा कांग्रेसकी राना अध्यक्षमा विजयी हुँदा श्रेष्ठ पराजित भएका थिए । म्याग्दे १,३ र ७ मा एमालेले जितेको छ भने वडा नम्बर २, ४, ५ र ६ मा कांग्रेसले जितेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया