विराटनगरको प्रमुखमा कांग्रेसका कोइरालाको अग्रता कायमै

काठमाडाैं । विराटनगर महानगरपालिकाको प्रमुख पदमा आज प्राप्त पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले चार हजार ९९६, नेकपा एमालेका सागर थापाले तीन हजार ५१८ र स्वतन्त्र उम्मेदवार (लाल्टिन) का उमेश यादवले एक हजार ६१९ मत प्राप्त गरेको बताए ।
यसैगरी उपप्रमुखमा नेकपा एमालेका शिल्पा निरौला कार्कीले तीन हजार ९९६, गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले दुई हजार ९३३, राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले ९६५ मत प्राप्त गरेका छन् ।
विराटनगर वडा नं १७ को वडाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका समिम कमर मियाँले एक हजार ४५० मत ल्याएर विजयी भएका छन् । यस्तै १९ को वडाअध्यक्षमा एमालेका श्याम घिमिरेले ९८७ मत ल्याएर विजयी भएका छन्
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया