झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका–९ पशुपति टोलका ७० वर्षीय पेना किसान छन् ।
सोमबार दिउँसो पौने ४ बजे टिमाई खोलाको बगरमा हिँडिरहेको अवस्थामा किसानलाई हात्तीले आक्रमण गरेको थियो ।
आक्रमणबाट घाइते भएका उनको उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको थियो ।
उपचारका क्रममा पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया