उत्तरगयाका निवर्तमान अध्यक्ष एमालेसँग पराजित
रसुवा । स्थानीय तह निर्वाचनअन्तर्गत उत्तरगया गाउँपालिकाको मत परिणाम घोषणा भएको छ । प्राप्त परिणामअनुसार नेकपा एमालेका उम्मेदवार माधवप्रसाद अर्यालले दुई हजार ९९९ मत प्राप्त गरी गाउँपालिकाको अध्यक्ष पदमा विजय हासिल गरेका छन् ।
अध्यक्ष पदमा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र लम्सालले दुई हजार ५६० मत प्राप्त गरेका थिए । यसअघि लम्साल सोही गाउँपालिकामा अध्यक्ष थिए ।
गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार चमेली गुरुङले तीन हजार १३४ प्राप्त गरी विजयी भएकी छन् । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सुनिता गुरुङले दुई हजार ४३४ मत प्राप्त गरेकी थिइन् ।
यस्तै उक्त गाउँपालिकाको पाँचवटा वडामध्ये १, २ र ३ वडामा नेकपा एमालेका उम्मेदवार क्रमशः मारसिंह तामाङ, टुकुप्रसाद सुवेदी, लालबहादुर तामाङ एवं वडा नं ४ मा नेपाली कांग्रेसका अमरबहादुर बुलुन र वडा नं ५ मा नेकपा माओवादी केन्द्रका यमप्रसाद आचार्य विजय भएका छन् ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया