NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

तान्जानियामा ट्राफिक नियम उल्लंघन गर्ने अठार हजार चालक पक्राउ

दार अस सलाम । तान्जानियामा सरकारी अधिकारीहरूले १८ हजारभन्दा बढीलाई पक्राउ गरिएको दाबी गरेका छन् ।

ट्राफिक नियमको उलङ्घन गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

तान्जानियाको ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार प्रहरीले १८ हजार ४ सय १० जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई दुई महिनाभन्दा कम समयमा पक्राउ गरिएको हो । तान्जानियामा पछिल्लो समय ट्राफिक प्रहरीले चेक जाँचमा कडाइ गरेको छ भने नियम कार्यान्वयन गराउन प्रहरीले सक्रियता बढाएको छ ।

तान्जानियाको ट्राफिक प्रहरीका कमान्डर विल्ब्रौड मुताफुङवाले पक्राउ परेका चालकलाई ट्राफिक नियमको पालना गर्ने प्रतिवद्धता गराएर र अन्य तोकिए अनुसारको कारबाही गरेर छाड्ने गरिएको जानकारी दिए ।

चेकजाँचको कार्य देशभर नै भइरहेको पनि उनले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष