मदन-आश्रित स्मृति दिवस मनाइँदै

चितवन । नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको स्मृति दिवस मंगलबार मनाइँदै छ । विसं २०५० जेठ ३ गते हालको भरतपुर महानगरपालिका-२९ दासढुङ्गामा जीप दुर्घटना हुँदा उनीहरुको निधन भएको थियो ।
विगतका वर्षहरूमा ठूला कार्यक्रमसमेत हुने भए पनि यस वर्ष मतगणना भइरहेकाले जिल्लामा ठूला कार्यक्रमा राखिएको छैन । मदन भण्डारी फाउण्डेशन चितवनले श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेको छ ।
फाउण्डेशन चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईका अनुसार सबै पालिकामा मतगणना भइरहेकाले फाउण्डेशनले श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरी श्रद्धासुमन व्यक्त गर्दैछ ।
फाउण्डेशन चितवनले दासढुङ्गा र गाँजीपुरलाई राजनीतिक तीर्थस्थलका रूपमा विकास गर्दै पर्यटकीय आकर्षणको केन्द्र बनाउन पहल गर्दै आइरहेको छ । जननेता भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई एमालेले अहिले पनि पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा अघि बढाउँदै आएको अध्यक्ष डा भट्टराईले जानकारी दिए ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया