NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

कांग्रेस हराउँदै जुम्लाको सिंजामा माओवादी विजयी

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकामा माओवादी विजयी भएको छ । त्यहाँको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी विजयी भएको हो ।

अध्यक्ष र उपाध्यक्षमा जित निकाल्नेमा क्रमशः पूर्णप्रसाद धिताल र शितली रोकाया छन् ।

१ हजार ९४९ मतका साथ धिताल विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नन्दराम बुढा १ हजार ८३१ मतमा रोकिए ।

उपाध्यक्षमा निर्वाचित माओवादीकी रोकायाले १ हजार ९५६ मत हासिल गरेकी छन् । उनीसँग नजिककी प्रतिस्पर्धी कांग्रेसकी रजनकली शाहीले १ हजार ६९ मत पाइन् ।