NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २ गते

माधव नेपालको गुनासो, ‘चुनावी परिणाम राम्रो आएन, गठबन्धनबारे समीक्षा गरौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय चुनावमा सत्ता गठबन्धनका आबद्ध कांग्रेस, माओवादी केन्द्रलगायतका दलबाट अपेक्षित सहयोग नआएको बताएका छन् ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपेक्षाअनुसार आफ्नो पार्टीले परिणाम नल्याएको तर्फ संकेत गर्दै यस्तो बताएका हुन् ।

नेता नेपालले पार्टी निर्माणमा अझ सशक्त भएर लाग्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे । ‘गठबन्धन र चुनावी परिणामको बारेमा समीक्षा गर्नुपर्ने बेला आएको छ,’ उनले भने ।