भोटेकोशीकाे अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार पासाङ नाेर्बु लामा र दिछेन शेर्पा निर्वाचित भएका छन् ।
पासाङ नाेर्बुले २ हजार ६०५ मत र उपाध्यक्षमा निर्वाचित दिछेन शेर्पाले २ हजार ७१२ मत ल्याएका छन् ।
अध्यक्ष पदका लागि प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत कुमार खड्काले २ हजार ४८ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार राज कुमार पौडेलले १ हजार ९१८ मत पाए ।
यसैगरी उपाध्यक्ष पदमा प्रतिस्पर्धी नेकपा एमालेकी सुन्तली माया श्रेष्ठले २ हजार ५५३ मत पाएकी छन् । यसैगरी माओवादी केन्द्रकी उपाध्यक्ष उम्मेदवार आशा गुरुङ शेर्पाको पक्षमा १ हजार ६१२ मत परेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया