NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

रिभर फल्स पावरको आइपिओमा मागभन्दा ६ गुणा बढी आवेदन

काठमाडाैं । रिभर फल्स पावरको आइपिओमा मंगलबार बिहासम्ममा मागभन्दा ६.५ गुणा बढी आवेदन परेको छ । मंगलबार बिहान १०:३० बजेसम्ममा १४ लाख १३ हजार ५ जना आवेदकबाट १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रुपैयाँ बराबरको आवेदन परेका हुन् ।

कम्पनीले गत बुधबार (वैशाख २८) देखि प्रतिसेयर सय अंकित दरले २७ लाख ३० हजार कित्ता साधारण सेयर जारी गरेको हो । जसमा २ प्रतिशत सेयर कर्मचारीका लागि ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणका लागि छुट्टाइएको थियो ।

उक्त सेयर कम्पनीले छिटोमा जेठ चार(भोलि) र ढिलोमा जेठ ११ गते बन्द गर्ने जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सर्वसाधारणले जारी आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष