टोखामा प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी रजनी थापाले अग्रता लिएकी छिन् ।
कूल २१ हजार ७२ मत गणना हुँदा कांग्रेसकी थापाले आठ हजार ४३० मत ल्याई अग्रता लिएकी हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारीले आठ हजार २२६ मत प्राप्त गरेकोमा टोखाका निर्वाचन अधिकृत सविता शर्माले जानकारी दिए ।
यस्तै, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै उम्मेदवार मुरारी तामाङले अग्रता लिनुभएको छ । तामाङले आठ हजार ४११ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ज्ञानमायाँ डंगोलले सात हजार ६६३ मत प्राप्त गरेकी छिन् ।
टोखाको हालसम्म आठवटा वडाको मतगणना सम्पन्न भइसकेको छ । तीमध्ये वडा नं १ मा नेपाली कांग्रेसका रमेशकुमार लामिछाने, वडा नं २ मा नेकपा एमालेका धर्मेन्द्र श्रेष्ठ, वडा नं ३ मा एमालेकै रमेश डङ्गोल, वडा नं ४ मा एमालेका धर्मेन्द्र श्रेष्ठ र वडा नं ५ मा एमालेकै मदन गुरुङ अध्यक्षमा विजयी भएका छन् ।
यस्तै, वडा नं ६ मा कांग्रेसका शान्ता खनाल, वडा नं ७ मा एमालेका नरोत्तम राना र वडा नं ८ मा एमालेकै रमेश खत्री अध्यक्षमा विजयी भएका छन् । टोखामा अहिले वडा नं ९, १० र ११ को मतगणना भइरहेको छ । कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको निर्वाचन अधिकृत शर्माले बताए ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया