९ महिनादेखि जारी संसद् अवरोध एमालेले आफैं हटायो
काठमाडौं । प्रतिपक्षी नेकपा एमालेले ९ महिनादेखि जारी संसद् अवरोध हटाएको छ । आफूले निष्कासन गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारवाही नगरेको आरोप लगाउँदै गत भदौ २३ देखि एमालेले संसद् अवरोध गर्दै आएको थियो ।
देशभर स्थानीय तहको मतपरिणमा सार्वजनिक भइरहेको अवस्थामा संसद अवरोध हटाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार(आज) बजेट अधिवेशन आह्वान गरेकी थिइन् ।
बैठकलाई संम्बोधन गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सभामुख र अदालतले कारवाही नगरेपनि स्थानीय तहको निर्वाचनमा जनताले उचित फैसला गरेको प्रतिक्रिया दिएका छन् ।
‘विभाजनकारीलाई अदालतले कारवाही नगरेपनि भर्खरै सम्पन्न भएको स्थानीयत तहको निर्वाचनमा जनताले उचित फैसला दिएका छन् । यसका परिणतीलाई हामीले नजिकबाट हेरिरहेका छौं’, ज्ञवालीले फुटेर गएकाे नेकपा एकीकृत समाजवादप्रति लक्षित गर्दै भने ।
आर्थिक संकटले मुलुक गम्भीर मोडमा पुगेको र यसबारे समीक्षा गर्नु आवश्यक रहेकाले संसद् अवरोध हटाएको उनले जिकिर गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया