कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी
झापा । कनकाई नगरपालिका प्रमुखमा पुनः नेकपा एमालेका तर्फबाट राजेन्द्र पोखरेल र उपप्रमुखमा नेपाली कांग्रेसका आशा शिवाकोटी निर्वाचित भएका छन् । पोखरेल विसं २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट समेत पालिकाको नगरप्रमुखमा विजयी भएका थिए ।
पोखरेल कूल आठ हजार ६७३ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटम् प्रतिद्वन्द्वी कांग्रेसका रुद्रप्रसाद चिमिरियाले छ हजार ६६१ मत प्राप्त गरेका छन् ।
स्वतन्त्रबाट उम्मेदवार शेरबहादुर थापाले पाँच हजार ९६१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामसुन्दर ओलीले दुई हजार पाँच मत प्राप्त गरे ।
यसैगरी उपप्रमुख शिवाकोटीले १० हजार ७१३ मत प्राप्त गरी विजय बनेका छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) की मञ्जु प्रसाईँले आठ हजार ८७५ मत प्राप्त गरेकी छन् । उनले प्रसाईँलाई एक हजार ८३८ मत बढी ल्याएर पराजित गरेका हुन् । मञ्जु यसअघि नगरउपप्रमुख थिइन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया