गोलञ्जोरमा एमाले विजयी
सिन्धुली । यहाँको गोलञ्जोर गाउँपालिकामा गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । एमालेका शङ्कर बरालले कांग्रेसका उम्मेदवार पुष्प कार्कीलाई पछि पर्दै विजयी भएका हुन् ।
बरालले चार हजार ७४४ मत प्राप्त गर्दा कार्कीले चार हजार ४६३ मत प्राप्त गरे । गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का ज्वालाप्रसाद न्यौपाने विजयी भएका छन् । उनले चार हजार २४२ मत प्राप्त गर्दा एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार ममता देवकोटाले तीन हजार ८३८ मत प्राप्त गरे ।
सातवटा वडा रहेको गोलञ्जोरमा दुई वडा माओवादी, दुई वडा एमाले र तीन वडा कांग्रेसले विजय हासिल गरेको छ । माआोबादीबाट वडा नं १ मा सोमप्रसाद बराल, वडा नं ३ मा केपी पोखरेल विजयी भएका छन् । कांग्रेसबाट वडा नं २ मा दौलत कार्की, वडा नं ४ मा भक्तबहादुर भुजेल, वडा नं ६ मा रवीन श्रेष्ठ विजयी भएका छन् । एमालेले दुईवटा वडामा विजय हासिल गरेको छ । वडा नं ५ मा गोबिन्दबहादुर लुङ्गेली, वडा नं ७ मा रेगनराज थापा विजयी भएका छन् ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया