मकवानपुरको थाहा नगरपालिकामा गठबन्धन विजयी
हेटौंडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । आज बिहानै सार्वजनिक मतपरिणामअनुसार थाहामा नेकपा (एमाले) का उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का विष्णु विष्ट प्रमुखमा र नेपाली कांग्रेसका भरत गोपाली उपप्रमुखमा निर्वाचित भएका हुन् ।
थाहामा खसेको कूल मत २३ हजार ५६ मध्ये विष्टले नौ हजार ७१९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अच्युतम ढकालले सात हजार ७७१ मत प्राप्त गरे । त्यस्तै, उपप्रमुखमा कांग्रेसका भरत गोपालीले आठ हजार ६०७ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका कल्पना बलामीले आठ हजार ५२२ मत प्राप्त गरे ।
थाहा नगरपालिकामा रहेका कूल १२ वटा वडामध्ये माओवादी केन्द्रले छवटा वडामा जित निकालेको छ भने तीन–तीन वटा वडामा नेपाली कांग्रेस र एमाले विजयी भएका छन् । थाहा नगरपालिकामा अघिल्लो निर्वाचनमा पनि कांग्रेस र माओवादीबीच तालमेल भएर प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया