NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

श्रीलंकाले कर्मचारीलाई तलब दिन सकेन, पैसा छाप्ने तयारी

काठमाडौं । श्रीलंकामा कर्मचारीलाई तलब तथा ज्याला दिने पैसा छाप्न सरकारले अनुमति दिएको छ । पछिल्लो ७० वर्षयताकै सर्वाीधक खराब आर्थिक संकटबाट गुज्रिरहेको यहाँ पैसाको पनि अभाव भएको छ ।

एक टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री रनिल विक्रमासिंघले तलब तलब तथा ज्याला भुक्तानीका लागि केन्द्रीय बैंकलाई आफूले निर्देशन दिएको बताएका छन् ।

श्रीलंकामा अहिले अत्यावश्यकीय वस्तुहरू पेट्रोलियम पदार्थ अभाव छ । पेट्रोल पम्प बाहिर नागरिकका सवारी साधनका लामालामा लाम लागिरहेका छन् ।

प्रधानमन्त्री विक्रमासिंघले अब १ दिनका लागि मात्रै पेट्रोल सञ्चित रहेकाले अबको दुई महिना जीवनकै सबैभन्दा कष्टकर समय सुरु हुने बताएका छन् ।

पेट्रोलियम पदार्थलगायत वस्तु अभाव रहे पनि आयातका लागि श्रीलंकामा विदेशी मुद्रा अभाव छ । प्रधानमन्त्री विक्रमासिंघले देशलाई ७ करोड ५० लाख डलर विदेशी मुद्रा आवश्यक रहेको बताएका छन् ।

आर्थिक संकट, मूल्य वृद्धिलगायत समस्या निम्तिएपछि श्रीलंकामा राष्ट्रपति गोटाबय राजपक्ष र उनको परिवारविरुद्ध प्रदर्शन भइरहेका छन् । केहीले हिंसात्मक रूप लिएका छन् । आन्दोलन चर्किएपछि गत सातामात्रै राष्ट्रपतिका दाइ महिन्द्र राजापपक्षले पदबाट राजीनामा दिएका थिउ ।