NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सिके राउतकाे पार्टीबाट हनुमाननगरमा पहिलो जित

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख पदमा जनमत पार्टीले जितेको छ । पार्टीबाट प्रमुखमा उम्मेदवार वीरेन्द्र माझी निर्वाचित भएका हुन् ।

उनले निवर्तमान प्रमुख एवं जसपाका उम्मेदवार शैलेश साहलाई १६१ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् । माझीले ६ हजार ४०७ मत ल्याएका छन् भने साहले ६ हजार २४६ मत प्राप्त गरेका छन् ।

हनुमानगर कंकालिनी जितसँगै जनमत पार्टीले पहिलो जित पाएको छ ।