भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि

भरतपुर । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक हजार ७१२ मतले अघि भएकी छन् । भरतपुर महानगरपालिका-६ को मतगणना सकिंदै गर्दा दाहालले नौ हजार ९७० मत प्राप्त गरेका छन् ।
नेकपा एमालेबाट प्रमुखका प्रत्यासी विजयी सुवेदीले ८ हजार २५८ मत प्राप्त गर्दा स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ५०४ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ९५६ र राप्रपाका हिमला गुरुङले ६ हजार ७४२ मत प्राप्त गरेका छन् ।
वडा अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठ विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी डोलनारायण अधिकारीलाई ६१८ मत अन्तरले पराजित गरेका छन् ।
श्रेष्ठले दुई हजार ७३५ मत र नेकपा एमालेका अधिकारीले दुई हजार ११७ मत प्राप्त गरेका छन् ।
यसअघि महानगरको वडा नं १, २, ४ र ५ को वडा अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने वडा नं ३ मा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
यस वडामा पाँच हजार ५८२ मत खसेको थियो । भरतपुर महानगरपालिकामा हालसम्म २७ हजार ४३८ मतगणना भएको छ ।
भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ ।
इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँच दलीय गठबन्धनको अग्रता कायम गरेको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल शुरु
-
सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु
-
सुजित घिमिरे र देवी घर्तीको स्वरमा ‘सिसा झ्यालैमा’ गीत सार्वजनिक (भिडियाेसहित)
-
सङ्घीय सरकारबाट प्रदेशलाई जाने बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम
-
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए
प्रतिक्रिया