धरानमा स्वतन्त्र उम्मेदवार साम्पाङ पुनः अगाडि

धरान । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ पुनः अगाडि आएका छन् ।
यसअघि नेपाली कांग्रेसका उम्मरेदवार किशोर राईसँग ६८ मत अन्तरले पछाडि रहेका साम्पाङ पछिल्लो परिणाम अनुसार ५० मतले अगाडि छन् । साम्पाङले अहिले ८ हजार ४६ मत प्राप्त गरेका छन् ।
राईले ७ हजार ९९६ मत पाएका छन् भने तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ६ हजार ६१० मत ल्याएकी छन् ।
प्रतिक्रिया