अन्टार्कटिकामा ६ महिनाका लागि अस्तायो सूर्य
काठमाडौं । अन्टार्कटिकामा अब ६ महिनासम्म नउदाउने गरी सूर्य अस्ताएको छ । त्यहाँ अध्ययनका लागि पुगेका वैज्ञानिक तथा आसपास बस्ने मानिसहरुले अब अक्टोबर महिनामा मात्रै अन्टार्कटिकाको आकाशमा सूर्य देख्न पाउनेछन् ।
सन् २०२२ को मे १३ मा अन्टार्कटिकामा यो वर्षको अन्तिम सूर्यास्त भएको हो । अन्टार्कटिकाको रिमोट बेस कन्कोर्डिया फेरि एकपटक युरोपेली अन्तरिक्ष एजेन्सीको १२ सदस्यीय टोली छ महिनासम्म अँध्यारोमा बस्ने भएकाे हाे ।
टोलीको मिशनमा विभिन्न प्रकारका प्रयोगहरू समावेश हुनेछन् । उनीहरुले यस्ता चरम अवस्थाहरूले मानिसहरूलाई कसरी असर गर्छ भनेर बुझ्ने प्रयास गर्नेछन् ।
लामो समय घामको किरण नहुँदा मानिसको निद्रादेखि पेटको स्वास्थ्यसम्म पर्ने असरबारे अध्ययन गर्ने, वर्तमान र भविष्यका अन्वेषकहरूलाई अन्तरिक्षजस्ता वातावरणका चुनौतीहरू बुझ्न र सम्बोधनका लागि सहयोग गर्न सो टोली त्यहीँ बस्ने अन्तरिक्ष एजेन्सीले जनाएको छ ।
बाँकी विश्वमा मानिसहरु चार प्रकारका मौसममा बस्छन् तर अन्टार्कटिकामा जाडो र गर्मी दुईवटा मात्रै छन् । विश्वको सबैभन्दा चिसो महादेशमा ६ महिना दिन र बाँकी ६ महिना अँध्यारो रात हुन्छ ।कन्कार्डिया रिसर्च स्टेसनको तापक्रम केही समयपछि माइनस ८० डिग्री सेल्सियससम्म पुग्नेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया